भारतीय सेना प्रमुखको निधनमा प्रधानसेनापतिद्धारा दु:ख व्यक्त, अन्त्यष्टीमा रथी कार्की सहभागी हुने

भारतीय सेना प्रमुखको निधनमा प्रधानसेनापतिद्धारा दु:ख व्यक्त, अन्त्यष्टीमा रथी कार्की सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रशुराम शर्माले भारतीय सेनाका प्रमुख जनरल विपिन रावतको निधनप्रति दुख व्यक्त गरेका छन् ।

नेपाली सेनाले विज्ञप्ति जारी गर्दै यसबाट भारतीय सेनालाई अपूरणीय क्षति पर्नुको साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको जनाएकाे छ । बुधबार भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना परेर नेपाली सेनाका मानार्थ महारथी समेत रहेका भारतीय सेना प्रमुख रावत र उनकी श्रीमती मधुलिकासहित अन्य ११ जना सैनिकहरुको निधन भएको थियो ।

प्रधानसेनापति शर्माले भारतीय सेना तथा शोक सन्तप्त परिवारप्रति समवेदना तथा दिवगंत आत्माको चीर शान्तिको कामना गरेका छन् ।साथै नयाँ दिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधान सेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै नेपाली सेनाका बलाधिकृत रथी बाल कृष्ण कार्की दिल्ली जाने कार्यक्रम तय भएको सेनाले जनाएको छ ।

३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष रहेका जनरल विपिन रावतलाई राष्ट्रपति विद्या देवी भण्डारीले २९ मार्च २०१७, मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गरेकी थिइन् ।

जनरल रावत १३ फ्रेबअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा समेत सहभागी भएका थिए ।