विपिन रावतको मृत्युले चीन नीतिमा कस्तो असर पार्छ ?

विपिन रावतको मृत्युले चीन नीतिमा कस्तो असर पार्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्युपछि भारतीय सेनालाई झड्का लागेको छ । दुर्घटनामा उनकी पत्निसहित १३ जनाको मृत्यु भएको थियो ।

पूर्वसेनाप्रमुखसमेत रहेका रावतलाई प्रधानमन्त्री नरेन्द्र मोदीले चीफ अफ डिफेन्स स्टाफ नियुक्त गरेका थिए । चीनको आक्रमक नीतिका बाबजुद उनी नेतृत्वको भारतीय सेनाले सन् २०१७ मा दोकलाम र सन् २०२० मा गलवानमा चिनियाँ सेनासँग लडेको थियो ।

‘रावतको मृत्यु यस्तो अवस्थामा भएको छ, जुनबेला चीन र भारतीय सेनावीच सीमामा तनाब बढिरहेको छ,’ भारतका रक्षा विश्लेषक ब्रह्म चेलानी भन्छन् ।

चेलानीको भनाईमा चीनको आक्रमणका बाबजुद पनि रावत भारतका चम्किला अनुहार थिए । रावतको मृत्युले भारतको चीन नीतिमा कुनै असर नगर्ने अर्का रक्षा विश्लेषक उदय भास्कर बताउँछन् ।

‘रावतको मृत्युकै कारण भारतको चीन नीतिमा खासै प्रभाव पर्छ जस्तो मलाई लाग्दैन । कुनै एक अधिकारीको मृत्युले समग्र देशको रणनीतिमा केही फरक पर्दैन्,’ भारत सीमा सुरक्षाका लागि दृढ भएर उभिने उनको भनाई छ ।