कृष्णप्रसाद अधिकारी हत्याकाण्ड :छबिलाल पौडेल कारागार चलान

कृष्णप्रसाद अधिकारी हत्याकाण्ड :छबिलाल पौडेल कारागार चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सर्वाेच्च अदालतले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागार चलान भएका छन्।

पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए। अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ।

६ पुस २०७२ मा सर्वोच्चले पौडेललाई थुनामा राखी मुद्दा किनारा लगाउन फैसला सुनाएपनि उनी उपस्थित भएका थिएनन्।

यसअघि धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्नेगरी पुनरावेदन अदालत हेटौंडाबाट भएको आदेश सर्वोच्च अदालतले बदर गरिदिएको थियो।

छोराको हत्यामा सम्लग्नलाई कारवाहीको माग गर्दै गंगामाया अधिकारी वीर अस्पतालमा आमरण अनशन बसेकी छन्। उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा तीन वर्षअघि निधन भएको थियो।