बेलायतमा एकैदिन ५८ हजारभन्दा बढीमा काेराेना संक्रमित, ४४८ मा ओमिक्रोन पुष्टि

बेलायतमा एकैदिन ५८ हजारभन्दा बढीमा काेराेना संक्रमित, ४४८ मा ओमिक्रोन पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन – बेलायतमा एकैदिनमा करिब ६० हजार जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।

बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।

यसैगरी कोरोनाका कारण गत २४ घन्टामा १२० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।