एजेन्सी – छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्यान्डल शनिबार मध्यराति ‘ह्याक’ भएको छ । शनिबार राति २ः११ बजे मोदीको ट्विटर ह्यान्डलबाट अस्वाभाविक ट्वीट गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार जसमा लेखिएको थियो, ‘भारतले आधिकारिक रूपबाट बिटक्वाइनलाई मान्यता दिएको छ र सरकार ५०० बिटक्वाइन किनेर बाँड्दैछ ।’ २ मिनेटपछि उक्त ट्वीट डिलिट गरिएको थियो ।
फेरि २ः१४ मिनेटमा अर्को ट्वीट गरिएको थियो, केही समयपछि त्यो ट्वीट पनि डिलिट गरियो । तर तबसम्म त्यसको ‘स्क्रीन सर्ट’ लिइसकिएको थियो । करीब १ घण्टापछि ३ः१८ मिनेटमा पीएमओले ट्वीट गर्दै मोदीको ह्यान्डलमाथि छेडछाड भएको जानकारी दिएको छ । अब मोदीको ह्यान्डल ह्याकरबाट नियन्त्रणमा लिइसकिएको समेत जनाइएको छ ।




प्रतिक्रिया