प्रधानसेनापति शर्माद्वारा उपत्यका कमाण्ड हेडक्वाटरको निरीक्षण

प्रधानसेनापति शर्माद्वारा उपत्यका कमाण्ड हेडक्वाटरको निरीक्षण


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका कमाण्ड हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् । बिहीबार प्रधानसेनापति शर्माले उपत्यका कमाण्ड हेडक्वाटर  बालाजुस्थित श्री नं.१ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् ।

निरीक्षणको क्रममा उनले कमाण्ड हेडक्वाटर तथा बाहिनी अड्‍डाको वस्तुस्थिति प्रतिवेदन, अन्तर्गत फौजको तैनाथीको वर्तमान अवस्था तथा संचालन भइरहेको सामुहिक तालिम लगायतका विषयहरुमा जानकारी हासिल गर्नुकाे साथै सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए।

साथै उनले कमाण्ड हेडक्वाटर तथा बाहिनी अड्‍डालाई विविध विषयहरुमा निर्देशन समेत दिएका थिए ।