म्यानमारमा हत्यापछि जलाइएको अवस्थामा ३० शव फेला

म्यानमारमा हत्यापछि जलाइएको अवस्थामा ३० शव फेला


एजेन्सी – म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको छ । मृत्यु हुनेमा महिला, वृद्धवृद्धा र बालबालिकासमेत रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

म्यानमारको द्वन्द्वका क्रममा आन्तरिक रुपमा विस्थापित व्यक्तिहरुलाई सो गाउँनजिक सेनाले हत्या गरी जलाएको जनाइएको छ । सरकार विरोधी सशस्त्र फौजको हतियार खोसेर केही अतिवादीलाई गोली हानी हत्या गरेको म्यानमारको सेनाले जनाएको छ ।

ती व्यक्तिहरुलाई सात ओटा गाडीमा ओसारेर हत्या गरिएको स्थानमा लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।