अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्रीबीच वार्ता

अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्रीबीच वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन्।

विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत्, एन्टोनी जे ब्लिन्केनले आज फ्रान्सेली विदेश मन्त्री जीन-यवेस ले ड्रायन, जर्मन विदेश मन्त्री अन्नालेना बेरबक, र बेलायती विदेश मन्त्री एलिजाबेथ ट्रससँग कुरा गरेको बताएका छन् ।

संयुक्त राज्य अमेरिका र रुसले जनवरी १० मा हतियार नियन्त्रण र युक्रेनका विषयमा वार्ता गर्नेछन्। साथै नेटोसँग सुरक्षा ग्यारेन्टीका विषयमा वार्ता जनवरी १२ मा स्वीट्जरल्याण्डको जेनेभामा हुने अपेक्षा गरिएको छ।