भारतमा बढ्दै ओमिक्रोन संक्रमित, १ हजार ४३१ जनामा संक्रमण पुष्टि

भारतमा बढ्दै ओमिक्रोन संक्रमित, १ हजार ४३१ जनामा संक्रमण पुष्टि


काठमाण्डु- भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयमा ४०६ जनाको मृत्यु भएको छ ।

ओमिक्रोन भेरियन्ट संक्रमिमको संख्या बढेर १ हजार ४ सय ३१ पुगेको जनाइएको छ । महाराष्ट्रमा अहिलेसम्म ४४५ र दिल्लीमा ३५१ जनामा ओमिक्रोन देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।