रूसले २०२१ मा राष्ट्रिय हित र सुरक्षाको रक्षामा जोड दियो : राष्ट्रपति पुटिन

रूसले २०२१ मा राष्ट्रिय हित र सुरक्षाको रक्षामा जोड दियो : राष्ट्रपति पुटिन


एजेन्सी- रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तरू रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन् ।

‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न यस्तो कठोर परिस्थितिमा बाँच्न सिक्यौं। हामी हाम्रो एकताका कारण यो गर्न सक्षम भयौं ।’ पुटिनले भने । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हामीले विगत वर्षका सबै कठिनाइहरू सँगै पार गर्‍यौं । अझै धेरै नसुल्झेका समस्याहरू छन् त्यसलाई सुल्झाउँनुपर्ने छ।’, पुटिनले भने ।

नयाँ वर्ष मनाउँदै गर्दा यसले नयाँ अवसरहरू खोल्नेछ। त्यसलाई परिणाममा बदल्नका निम्ति हाम्रै सुझबुझ महत्त्वपूर्ण हुने पुटिनले बताएका छन्। सम्बोधन मन्तव्यमा राष्ट्रपतिले कोभिड-१९ महामारीमा आफ्ना प्रियजन गुमाएकाहरुप्रति समवेदना पनि व्यक्त गरेका छन्।