दक्षिण अफ्रिकाको संसदमा आगजनीः शंकास्पद एक व्यक्ति पक्राउ

दक्षिण अफ्रिकाको संसदमा आगजनीः शंकास्पद एक व्यक्ति पक्राउ


एजेन्सी – दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँकाे स‌ंसद नेसनल एसेम्बलीमा आगो लागेको थियो ।

शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् ।

आगलागीको कारण अझै खुलेको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको लिलेले बताइन् ।