जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प

जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय ९जेएमए०ले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो। जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ ।

अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।