काठमाण्डु – ३० पुस २०७८, तदनुसार १४ जनवरी २०२२ शुक्रबार । आज सूर्योदय बिहान ६ः५८ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा । आज बिहान १०ः५४ देखि १२ः१३ सम्म राहुकाल रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन तपाईंलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयमा यात्रा गर्दा मनमा खुसियाली छाउने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन व्यापारमा लाभ हुनेछ । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज तपाईंलाई मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउन सक्छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवार र मित्रमण्डलीबाट आजको दिन साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला। परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछन् ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईकै कारण आफन्तसँग विवाद हुन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : कार्ययोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने कार्यमा सफलता मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजकाे दिन शुभ रहेको छ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा तपाईंले गरेको कामबाट आज मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ ।




प्रतिक्रिया