कस्ताे रहला आजको माैसम पूर्वानुमान

कस्ताे रहला आजको माैसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । शुक्रबार बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसाे प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।