काठमाण्डु – नबिल बैंक लिमिटेड र काठमाण्डुको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
नबिल बैंकको प्रधान कार्यालयमा एक कार्यक्रमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन् ।
बैंकका ग्राहकल छुट पाउनकालागि बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरेर अस्पतालको सेवाको बिल भुक्तानी गर्नुपर्ने बताईएको छ ।




प्रतिक्रिया