काठमाण्डु- पछिल्लो समय वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताए । उनका अनुसार विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको छ ।
बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो । त्यसैगरी चिकित्सकहरुका अनुसार अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर पनि उकालो लागेको छ ।
गएराति मात्रै १४ जना संक्रमित अस्पताल भर्ना भएका छन् । उनका अनुसार अस्पताल भर्ना भएका अधिकांश संक्रमितले दुवै डोज खोप लगाएका पाइएको छ ।




प्रतिक्रिया