काठमाण्डु- भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४ सय २ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ लाख ८५ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया