सिलिण्डर पट्किँदा निराजन ओझा घाइते, धनमालको क्षति 


काठमाण्डु- काठमाण्डुमा ग्यासको सिलिण्डर पट्किँदा एक जना घाइते भएका छन् । काठमाण्डुको अनामनगर स्थित घट्टेकुलोमा कोठा भाडामा बस्ने निराजन आझाको कोठामा ग्यास पट्किँदा ओझाकै एउटा हात जलेको हो । डडेल्धुराको परशुराम नगरपालिका- १० का ओझा अध्ययनका लागि काठमाण्डुमा बस्दै आएका थिए ।

खाना पकाएर बन्द गर्ने बेलामा ग्यास पट्किएको ओझा सँगै बस्ने डम्मर धामीले बताए । धामीको अनुसार ६ लाख बराबरको क्षति भएको छ । उनले भने ‘ओझा दाईको हात जलेको छ । अनि २९ हजार नगद, एउटा ल्यापटप, दुईओटा मोबाइल जलेको छ । समग्रमा ६ लाख बराबरको धनमालको क्षती भएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement