काठमाण्डु- सरकारले नेपाल प्रहरीमा फेरी एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले ओएन्डएम गरी तीन जना एआइजीको दरबन्दी थप्ने प्रस्ताव अर्थमन्त्रालयमा पठाएको थियो । अर्थले गृहको प्रस्तावमा सहमति जनाएको स्रोतले बतायो ।
गृहमन्त्रालयले मानव स्रोत र प्रशासन विभागलाई अलग गरेर एआइजीको दरबन्दी सिर्जना गर्ने प्रदेश समन्वय गर्न र केन्द्रीय अनुसन्धान ब्युरोमा एआइजी राख्ने तयारी गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले एआइजीको दरबन्दी स्विकृत गर्न लामो समयदेखी मानेका थिएनन । उनले आफु निकट प्रहरी अधिकारीको बढुवा हुनुपर्ने अडान राखेको स्रोत बताउंछ । नेपाल प्रहरीमा हाल पांच जना एआइजी छन । प्रहरीमा ३ जनाको दरबन्दी थप भएसंगै एआइजीको संख्या ८ पुग्नेछ ।
प्रहरीमा आफु निकट अधिकारीलाई बढुवा गर्न दरबन्थी थप गर्ने प्रचलन छ ।
यसपटक पनि बढुवाका लागी उम्मेदवारको टुंगो लागिसकेको स्रोत बताउंछ । अर्थमन्त्री शर्माले विवादित डिआइजी रविन्द्र धानुकको नाम बढुवा गर्न सर्त राखेको स्रोत बताउंछ । उनको बढुवाको ग्यारेण्टी भएपछि मात्र शर्माले दरबन्दी थप्ने फाइल स्विकृत गरेका हुन । धानुकलाई डिआइजी बढुवा गर्दा होस या कुनै आकर्षक ठाउंमा सरुवा गर्दा होस संधै शर्माको साथ रहेको छ । उनि आर्थिक मामिलामा समेत सधै विवादमा आउने गर्छन ।
अन्य दुई पदमा डिआईजी उत्तम सुवेदी र धिरजप्रताप सिंह बढवा हुनेछन् । सिंहमाथी ललिता निवास प्रकरणको मुद्दा कमजोर बनाएको आरोप छ । उनी मानवअधिकार हननको समेत आरोप खेपिरहेका छन् ।प्रहरीमा एआइजीका अन्य दाबेदारमा वसन्त पन्त , वसन्त लामा,दिवेश लोहनी पनि छन् ।
नेपाल प्रहरीका हालका महानिरिक्षक शैलेश थापा क्षेत्रीपछि प्रहरी महानिरीक्षक बनाउन पनि अहिले दरबन्दी थप्ने काम भएको बताइन्छ । थापासहित एआइजी हरि पाल,प्रधुम्न कार्की र निरज शाही वैशाख १९ मा अनिवार्य अवकासमा जानेछन् ।
त्यसपछि एआइजीहरु विश्वराज पोखरेल वा सहकुल थापामध्येबाट आइजीपी हुने सम्भावना छ । अहिले थप भएको दरबन्दीमा एआइजीमा बढवा हुनेहरु पनि थापापछिको महानिरीक्षक बन्ने दौडमा हुनेछन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेल र थापालाई दरबन्दी थप गरेर एआइजी बनाएकाले उनिहरुलाई रोक्न समेत दरबन्दी थप गरिएको प्रहरीभित्र चर्चा छ ।




प्रतिक्रिया