काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २३ हजार ९२ जनाको नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै आज कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ भने ७ सय ६६ जना संक्रमणमुक्त भएका छन् । यसैगरि, हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको मन्त्रालयले जनाएको छ ।
काठमाण्डु उपत्यकामा मात्रै ५२९९ संक्रमित थपिएका छन् । काठमाण्डुमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै काठमाण्डु उपत्यकामा ४२ हजार ५६ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाण्डुमा ३०६८८, ललितपुरमा ७१४५ र भक्तपुरमा ४२२३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया