एजेन्सी- साउदी अरेबिया गठबन्धनले यमनको जेलमा मिसाइल आक्रमण गर्दा ७० जनाको मृत्यु भएको छ । बीबीसीले यमनको उत्तरी क्षेत्रमा रहेको हुथी समूहको हिरासत केन्द्रलाई लक्षित गरी साउदी गठबन्धनले आक्रमण गरेको जनाएको छ ।
हुथी समुहले यूएईमा गरेको मिसाइल आक्रमणको बदलामा साउदी अरेबियाले यमनमा आक्रमण तीव्र पारेको हो । आक्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।
आक्रमणमा परी हुथीका केही अधिकारी र स्वास्थ्यकर्मीहरुको मृत्यु भएको जनाइएको छ । साउदी अरेबियाको गठबन्धन हुथी विद्रोहीसंग २०१५ देखी नै लडिरहेको छ ।
सात वर्ष लामो लडाईमा दशौं हजार नागरिकको ज्यान गइसकेको छ । युद्धका कारण कैंयौ घाइते भएका छन भने अरबौंको क्षती भएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार मिसाइल आक्रमण रोक्न आग्रह गरेका छन् । उनले शुक्रबार भएको आक्रमणको छानविन हुनुपर्ने माग समेत गरे ।




प्रतिक्रिया