काठमाण्डु – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सुरु भएको छ ।
अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी लगायत ५० जना भन्दा बढी कर्मचारीहरु कोरोना सङ्क्रमित भएपछि जनशक्ति अभावमा सोमबारदेखि खोप अभियान स्थगन रहेको थियो ।
अहिले बाहिरबाट कर्मचारी ल्याएर खोप अभियान पुनः सुरु गरिएको अस्पतालले जनाएको छ । अहिले बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको छ ।




प्रतिक्रिया