मंगलबार सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो


काठमाण्डु – आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५ सयले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement