बुधबार ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टी

बुधबार ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टी


काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २० हजार ३ सय ५९ जनाको परिक्षण गरिएकोमा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै आज ४ हजार ४३३ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा देशभर २ लाख ५६ हजा ४ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।