काठमाण्डु – १३ माघ २०७८ तदनुसार २७ जनवरी २०२२ बिहीबार ।आज बिहान ६ः५५ मा सूर्योदय हुनेछ भने १७ः३९ मा सूर्यास्त हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आकस्मिक अर्थलाभ हुनेछ । व्यापारबाट नसोचेको धन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : बिहीबार सिंह राशिका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सोचअनुसार काम हुनेछ । व्यापारमा हुनुहुन्छ भने फाइदा हुनेछ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । चन्द्रमाको साथ भएकाले परिवार र आफन्तजनबाटसमेत सहयोग हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । चन्द्रमाको साथ रहेकाले मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवातसमेत गर्न सक्नुहुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको साथ सहयोगले कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईंले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन मनमा अति खुसी छाउने छ । आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ ।




प्रतिक्रिया