शुक्रबार ६ हजार ८२७ नंया संक्रमित थपिए, १० जनाको मृत्यु

शुक्रबार ६ हजार ८२७ नंया संक्रमित थपिए, १० जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परिक्षण गराउदा ४ हजार ८०७ र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार ३० गरि ६ हजार ८२७ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । त्यस्तै २४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।

उपत्यकामा कति थपिए ?

त्यस्तै काठमाण्डु उपत्यकामा मात्रै आज २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाण्डु जिल्लाका छन् ।

काठमाण्डु जिल्लामा २ हजार १५३ जना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ । यस्तै, ललितपुर जिल्लामा ५१९ र भक्तपुर जिल्लामा २६८ संक्रमित थपिएका छन् ।