उपत्यकामा सार्वजनिक यातायातमा हट्यो जोरबिजोर, शैक्षिक संस्थाहरु माघ महिनाभरि बन्द (आदेशसहित)

उपत्यकामा सार्वजनिक यातायातमा हट्यो जोरबिजोर, शैक्षिक संस्थाहरु माघ महिनाभरि बन्द (आदेशसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा जारी जोरविजोर प्रणाली हट्ने भएको छ । शुक्रबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले माघ ७ गतेबाट लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

शुक्रबार राति १२ बजेबाट उपत्यकाको जोर बिजोर प्रणाली हट्ने काठमाण्डुका प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए ।यसअघि आजै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीका बैठकले पनि जोर बिजोर हटाउन सिफारिस गरेको थियो ।

जोर बिजोरले सवारीमा यात्रुको थप चाप बढेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला उपत्यकाका तीन सिडिओहरुले निजी र ट्याक्सिबाहेकका सवारीमा जोरविजोर हटाउने निर्णय गरेको हो ।

त्यस्तै विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ । बैठकले स्कुल तथा कलेजहरु आगामी माघ मसान्तसम्म भर्च्युअल रुपमै सञ्चालन गर्ने निर्णय गरेको हो । फिल्म हल र रात्रिकालीन व्यवसाय पनि माघ मसान्तसम्म बन्द रहने  आदेशमा उल्लेख छ ।