काठमाण्डु – सर्वोच्च अदालतले बाराका उमाशंकर रायभरको धरौटी घटाउन आदेश दिएको छ ।
पाटन उच्च अदालतले गत वर्षको फागुन १९ गते ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहेका उमाशंकरलाई शुक्रबार न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले २५ हजार धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्लाहीका सरोजकुमार मिश्रले उमाशंकरको नागरिकता र ल्याप्चे दुरूपयोग गरेर काठमाण्डुमा ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स नामक कम्पनी खोलेका थिए । ती कम्पनीहरूबाट करिब १ अर्ब ४ करोड रुपैयाँ राजश्व ठगी गरेको भन्दै मिश्रसहित १७ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाइएको थियो ।
त्यसमध्ये उमाशंकरमाथि २८ करोड रुपैयाँ ठगी गरेको अभियोग थियो । सोही मुद्दामा उमाशंकरलाई उच्च अदालतले ७५ लाख धरौटी मागेको थियो । तर, सर्वोच्चले उमाशंकरले लाभ नलिएको देखेपछि २५ हजार रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो ।





प्रतिक्रिया