एमसीसी पारित गर्न सत्तारुढ दलका नेताहरु छलफलमा

एमसीसी पारित गर्न सत्तारुढ दलका नेताहरु छलफलमा


काठमाण्डु– सत्तारुढ गठबन्धनका नेताहरु एमसीसीको बारेमा छलफल गर्न जुटेका छन् । स्थानीय तहको निर्वाचन जेठभित्रै गर्न शनिबार सहमत भएका नेताहरु बालुवाटारमा एमसीसीको बारेमा छलफल गर्न जुटेका हुन ।

बालुवाटारमा भएको छलफल प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित उच्चस्तरीय समन्वय समितिका सदस्यहरु छन् ।

प्रधानमन्त्री देउवा एमसीसीलाई पारित गरेर चुनाव जानुपर्ने पक्षमा छन् । तर, गठबन्धनमा आवद्ध अरु नेताहरु भने एमसीसी सम्झौता तत्काल पारित गर्न नसक्ने अडानमा छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता पारित भएमात्र तिनै तहको निर्वाचनमा गठबन्धन बनाउन सकिने नभए तालमेल गर्न नसकिने गठबन्धनमा आवद्ध दलका नेताहरुलाई बताइसकेका छन् ।