काठमाण्डु – १७ माघ २०७८, सोमबार, तदनुसार जनवरी ३१ तारिक २०२२ । माघकृष्णपक्ष चतुर्दशी आज विहान ६ः५३ मा सूर्योदय हुनेछ भने १७ः४१ मा सूर्यास्त हुनेछ । आजको देवता बरुण र ग्रहदेव चन्द्र रहेको छ । सोमबारको दिन देवादिदेव शिवको प्रिय बार हो ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिको जातकका लागि आजको दिन आम्दानी हुनेछ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा श्री प्राप्ति हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा तपाईंले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईंले सोचे अनुसारको काम हुनेछ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ । ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने संभावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिका जातकले आजको दिन सोचेको काममा बाधा हुनसक्छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुनसक्छ ।




प्रतिक्रिया