स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिँदै युवा संघ

स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिँदै युवा संघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गर्दै छ ।

कोरोना भाइरसविरुद्धको २४ लाख डोज खोप हराएको भन्दै युवा संघले मन्त्री खतिवडाविरुद्ध आज अख्तियारमा मुद्धा दर्ता गर्ने भएको हो ।युवा संघले आज २ बजे अख्तियार कार्यालय पुगेर मन्त्री खतिवडा र अन्य संलग्न व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्ने जानकारी दिएको छ ।

खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज भ्याक्सिन गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको युवा संघको आरोप छ ।

कोरोना महामारी तिब्ररुपमा बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो ।