लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाका लागि ३७ लाख यूरो दिने : राष्ट्रसंघ

लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाका लागि ३७ लाख यूरो दिने : राष्ट्रसंघ


एजेन्सी – लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूको रकम जुटाउन युरोपेली संघबाट ३७ लाख यूरो (करीब ४१ लाख ९० हजार अमेरिकी डलर) प्राप्त गरेको छ । संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन(यूनिडो) ले बुधबार घोषणा उक्त सहयोगबारे नेशनल न्यूज एजेन्सी (एनएनए) ले उल्लेख गरेको छ ।

लेबनानका उद्योग मन्त्री जर्ज बुचिकियानसँगको आफ्नो बैठकको क्रममा लेबनानका युनिडो प्रतिनिधि इमानुएल कालेन्जीले नयाँ अनुदानले लेबनानमा औद्योगिक परियोजनाहरूमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने बताएको एनएनए) ले अधिकारीलाई उद्धृत गरी समाचारमा लेखेको छ ।

आफ्नो पक्षमा बुचिकियानले युनिडोमार्फत् युरोपेली पहलको प्रशंसा गर्दै भने, “तेलबाहेक अन्य वैकल्पिक ऊर्जा स्रोतमा भर पर्नु एकदमै आवश्यक र महत्वपूर्ण छ, जसले लागत बचत गर्छ र उत्सर्जन र प्रदूषण कम गर्छ ।”

मन्त्रीले यस क्षेत्रको विकास र आधुनिकीकरणको सुनिश्चितताका लागि नयाँ औद्योगिक परियोजनाहरू स्थापना गर्नुपर्नेमा पनि जोड दिए ।