पश्चिमी वायुको प्रभाव : शनिबारसम्म हिमपात र वर्षाकाे सम्भावना

पश्चिमी वायुको प्रभाव : शनिबारसम्म हिमपात र वर्षाकाे सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । दिउँसो देशभर बदली हुने जल तथा माैसम पूर्वाुनमान महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन-चटयाङ सहितहल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा पनि हल्का वर्षा हुनेछ ।

सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशका धेरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शुक्रबार देशका धेरै स्थानमा मेघ गर्जन चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

शनिबार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।