काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को १७ गते बसेको बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।
यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो ।
पाल्पा स्थायी घर भएका कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख छन् । सीईओ नियुक्त भएपछि उनले अब आयोजनाबाट राजीनामा दिने बताएका छन् ।
सर्वोत्तम सिमेन्टको सेयरको आन्तरिक कारोबारकाे विवादमा मुछिएपछि चन्द्रसिंह साउदले गत भदौ ८ गते नेप्सेको सीईओबाट राजीनामा दिएका थिए ।




प्रतिक्रिया