आज तपाईंकाे राशिफल कस्ताे रहला ?

आज तपाईंकाे राशिफल कस्ताे रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २१ माघ, शुक्रबार २०७८ । तदनुसार फेब्रुवरी ४ तारिक २०२२ । माघशुक्लपक्ष त्रयोदशी तिथि, वणिज करण, शिव योग, बणिज योग, चन्द्रमा कुम्भ राशिमा छ । आज बिहान ६ः५१ मा सूर्योदय भएकाे छ भने १७ः४५ मा सूर्यास्त हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारव्यवसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन व्यापारकाे कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन शुभ छ । त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । सामाजिक सेवाको काममा लाग्नु होला।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंलाई परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सेवा गरिरहेको क्षेत्रबाट अर्थलाभ हुनेछ । परिवारका सदस्यहरु बीच विवाद हुनसक्छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मनमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्यापन, लेखनमा रुचि बढ्नेछ। सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ ।