प्राविधिकतर्फका २२ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

प्राविधिकतर्फका २२ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले प्राविधिकतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

उपसचिव बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा प्राविधिकतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

जस अन्तरगत नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह हाइवेमा १३ जना र नेपाल इन्जिनियरिङ सेवाकै नेपाल इन्जिनियरिङ समूह जनरल उपसमूह ९ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

यसअघि सामान्य प्रशासन समूहका ३० जना, लेखापरीक्षण सेवाका १५ जना, नेपाल प्रशासन सेवाको लेखा समूहमा ११ जना र नेपाल प्रशासन सेवाकै राजस्व समूहमा तीन जनाअधिकृत उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।