उत्तम कुमार थापा/बझाङ – अपांगता भएकाहरुलाई कम्मल बितरण सहित सम्मान गरिएको छ । शनिबार बझाङकाे जयपृथ्वी नगरपालिका वडा नम्बर १ देखि ११ वडामा रहेका अपांगता भएकाहरुलाइ कम्मल वितरण गरिएको हाे ।
सदरमुकाम चैनपुरमा एक कार्यक्रमकाबिच ११० वटा कम्मल बितरण गरिएकाे छ । जयपृथ्वी नगरपालिकाकाे आर्थिक सहयाेग र प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालकाे व्याक्तिगत सहयाेगमा कम्मल वितरण गरिएको सचिव पदम रावलले बताए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले व्याक्तिगत रुपमा १० वटा कम्मल अपांगहरुलाई सहयाेग गरेका हुन् ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,डिएसपी ज्ञान बहादुर बिष्ट, सशस्त्र प्रहरीका डिएसपी सुदिप डाेढारी लगाएतकाे उपस्थिति रहेको थियाे ।




प्रतिक्रिया