बागलुङ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना माग गरेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् ।
उनले भने, ‘अर्थमन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्दैछ । थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’ त्यसैगरी उनले तोकिएकै समयमा चुनाव हुने भएकाले फागुन भरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
“स्थानीय तहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ । मन्त्री पौडेलले भने, अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरुको काम सक्नुहोस् ।” त्यसैगरी उनले गलकोट मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएको भन्दै त्यसको अनुगमन गरी कार्य अघि बढाउन निर्देशन दिएका छन् ।




प्रतिक्रिया