उपत्यकामा हट्यो जोरबिजोर, भाेलिदेखि अरु के–के गर्न पाइन्छ ? (आदेशसहित)

उपत्यकामा हट्यो जोरबिजोर, भाेलिदेखि अरु के–के गर्न पाइन्छ ? (आदेशसहित)


काठमाण्डु – काठमाण्डु उपत्यकामा जारी जोरविजोर प्रणाली हट्ने भएको छ । आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले उपत्यकामा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली आज रातिदेखि हटाउने निर्णय गरेको हो ।

आइतबार सीसीएमसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लगेका हुन् ।

त्यस्तै आगामी फागुन १ गतेदेखि शैक्षिक संस्थाहरु भौतिक उपस्थितीमै सञ्चालन गर्न पाइने भएको छ । बैठकले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने आदेश जारी गरेको हो ।

यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।