काठमाण्डु – काठमाण्डु उपत्यकामा नीजि सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटेको छ । काठमाण्डु उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको आइतबार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
कोरोना संंक्रमण बढ्दै गएपछि सरकारले उपत्यकामा सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको थियो । तर पछि सार्वजनिक यातायातमा जोरबिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र कायम राखिएको थियो ।
यस्तै सैक्षिक संस्था फागुन १ गतेदेखि खुल्ने भएको छ । १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि आलोपालो कक्षा सञ्चालन गर्न गर्ने निर्णय गरेको छ ।
त्यसैगरि रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिमखाना लगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालन गर्न पाइने छ ।




प्रतिक्रिया