काठमाण्डु – कोरोना भाइरस विरुद्धको थप ८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत् दिएको उक्त खोप आज बिहान काठमाण्डु आइपुगेको हो ।
दोस्रो लटमा थप खोप फेब्रुअरी १४ मा आइपुग्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जानकारी दिएको छ । कोरोना भाइरस नियन्त्रणलाई रोक्न नेपाल सरकारको खोप अभियान जारी छ ।




प्रतिक्रिया