भारतमा ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि

भारतमा ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सोहि अवधिमा कोरोना संक्रमणको कारण १ हजार १८८ जनाको मृत्यु भएको छ ।

भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमणको कारण फैलिएको तेस्रो लहरपछि निरन्तर नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख ८० हजार मानिसहरु संक्रमणमुक्त भएका छन्।