काठमाण्डु- प्रतिनिधिसभाको बैठक बुधबार बस्ने भएको छ । बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा बुधबार दिउँसो १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।
त्यसैगरी सभामुख अग्नी सापकोटाले सभासद जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्ने छन् । नेपाली कांग्रेसबाट २०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो ।





प्रतिक्रिया