काठमाणडु – सुजुकी मोटर्सले वर्कसप अन ह्वील सेवा सुभारम्भ गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेतातथा सीजीे होल्दिन्ग्सको अटोमोटिभडिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागिवर्कसप अन ह्वील सुरु गरेको हाे।
स्मार्ट वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नुहुनेछ। कम्पनीका अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिकप्रविधि र उपकरणहरू राखिएकाछन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धिकार्यहरु गर्नेछन्।
‘यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौ । यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो, जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ’ सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठले भने, ‘यो सुबिधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधालाई समेत विशेष सहयोग पुग्नेछ ।
यो सेवा हाल काठमाणडु , पोखरा, भैरहवा र नारायणघाटमा उपलब्द छ र चाडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्ध हुनेछ।




प्रतिक्रिया