एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन हुने

एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन हुने


काठमाण्डु- माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक हुनेछ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।