काठमाण्डु – ह्वावेको फाइभ जी रेन पोर्टफोलियो,ग्लोबल डाटा अग्रणी स्थानमा रहेको छ।
ह्वावेको फाइभ जी रेन पोर्टफोलियो ग्लोबल डाटा हालै २०२१ दोस्रो अर्धवार्षिक (एच टु २०२१ ) रिपोर्ट फाइभ जी रेन कम्पिटेटिभ लेण्डस्केप एसिसमेण्ट मूल्याङ्कनमा लगातार तेस्रो वर्षको लागि अग्रणी स्थानमा रहेको हो ।
यो प्रतिवेदन प्रमुख रेन विक्रेताहरूबाट फाइभ जी रेन उत्पादनहरूको प्रतिस्पर्धात्मक फाइदाहरूको मूल्याङ्कन गर्न प्रत्येक छ महिनामा जारी गरिन्छ ।एच टु २०२१ प्रतिवेदनमा, ह्वावेको उत्पादन पोर्टफोलियोले आफ्ना प्रतिस्पर्धीहरूलाई सबै चार मापदण्डहरूमा पछाडि पारेको छ। ती हुन्-रेडियो युनिट पोर्ट्फोलिओ ब्रेडथ, बेस्ब्यन्डयुनिट् क्यपासिटि, इज अफइन्स्टलेसन, र टेक्नोलोजिकल इभोलुसन।
रेडियो युनिट पोर्ट्फोलिओ ब्रेडथको सन्दर्भमा, ह्वावेको रेडियो उत्पादन दायराले सर्वव्यापी फाइभ जी गीगाबिट अनुभवहरूलाई धेरै सुविधा दिन्छ। निरन्तरको नवीनता मार्फत, ह्वावेले विभिन्न परिदृश्यहरूमा प्रयोग गर्न र उद्योगलाई अगाडि बढाउन अनुमति दिने विभिन्न फाइदाहरू समेटेको छ। मिटा अउले कभरेज र ऊर्जा दक्षता दुवै सुधार गर्दछ।
सीमित एन्टेना भएको ठाउँमा फाइभ जी तैनातीलाई सरल बनाउँछ, चार सय मेगाहर्ज अल्ट्रा(वाइडब्यान्ड एएयूले अपरेटरहरूलाई फ्राग्मेन्टेडस्पेक्ट्रम प्रयोग गर्न र साझा मल्टी(अपरेटर नेटवर्कहरू निर्माण गर्न अनुमति दिन्छ, भने सव थ्री जीएचजेट फोर टी ८ टी म्यासिव एमआई एमओ बहु(एन्टेना अल्ट्रा(वाइडब्यान्ड उत्पादनहरूले लागत घटाउँदै स्पेक्ट्रल र ऊर्जा दक्षता सुधार गर्दछ।
यी सेवा तथा सुबिधाहरुले नेट्वर्क अपरेटरहरूलाई उनीहरूको नेटवर्कहरू अपग्रेड गर्न मद्दत गर्न सक्छ। रिपोर्टका अनुसार, ह्वावेले विभिन्न परिदृश्यहरूमा फाइभ जी जडानका लागि रेडियो उत्पादनहरूको सबैभन्दा अधिक विविधता प्रदान गर्दछ।
ह्वावेको फाइभ जी रेन पोर्टफोलियो पहिले नै इन्जिनियरिङ र स्थापनाको सन्दर्भमा धेरै अगाडि छ, जसमाहल्का तौलका उपकरणहरू र कम्प्याक्ट फोर्म फ्याक्टर्स सहित रहेको छ। यसबाहेक, ह्वावेले फाइभ जी डिप्लोयमेन्टलाई सरल बनाउन विभिन्न प्रकारका नवीन समाधानहरू प्रदान गर्दछ।
ह्वावेले प्रयोगकर्ताको अनुभव र उद्योगको मागमा आफ्नो पूर्ण ध्यान केन्द्रित गर्न जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेकोछ। नबीनतम प्रबिधी, र विश्वभरका साझेदारहरूसँगको संयोजनमा, ह्वावेले उपभोक्ता अनुभवलाई नयाँ उचाइमा पुर्योउने र सबै उद्योगहरूमा डिजिटलाईजेसनल्याउने आशा राखेको छ।




प्रतिक्रिया