बेलडाँडीका वडा अध्यक्ष खातीलाई विप्लवका कार्यकर्ताले दले मोसो

बेलडाँडीका वडा अध्यक्ष खातीलाई विप्लवका कार्यकर्ताले दले मोसो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कञ्चनपुरमा विप्लव निकट युवा संगठनले एक जना वडा अध्यक्षलाई मुसो दलेको छ । बिहीबार नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जिल्लाको बेलडाँडी गाउँपालिका-२ का वडा अध्यक्ष प्रेम खातीलाई मोसो दलेका हुन् ।

युवा संगठन नेपालले अध्यक्ष खातीले भ्रष्टाचार गरेकाले जनकारबाही गरेको दावी गरेको छ । वडा अध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्धारा आफु अनुकुल काम गरेको आरोप लगाइएको छ ।

यसैगरी वडा अध्यक्षले गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, वडा कार्यालयमा नजाने र कालिकिच उपभोक्ता समितिद्धारा निर्माण गरिएको सडकमा समेत आर्थिक अनियमितता गरेको आरोप युवा संगठन नेपाल कञ्चनपुरले लगाएकाे। घटनामा संलग्न एकजनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । अन्यको खोजी भइरहेको छ ।