एमसीसी सडक र उर्जामा मात्रै काम गर्ने परियोजना हो : अर्थमन्त्री शर्मा

एमसीसी सडक र उर्जामा मात्रै काम गर्ने परियोजना हो : अर्थमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमा राजनीतिक बहस भएको प्रतिक्रिया दिएका छन् ।

आज चालू आवको बजेट तथा खर्चको मध्यावधि समीक्षा कार्यक्रममा पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै मन्त्री शर्माले एमसीसीबारे राजनीतिक बहस भएकोले त्यसले दिने निचोडपछि मात्र निर्णय लिन ठीक हुने बताएका हुन् ।

उनले एमसीसी राजनीतिक मुद्दा बनेको कारण मात्र धेरै छलफल भएको उल्लेख गर्दै यो ऊर्जा र सडकमा काम गर्ने परियोजना मात्र भएको बताए । अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा यो विषयमा लागिपरेको बताए ।

सत्तारुढ घटक माओवादी केन्द्रमा एमसीसीबारे विवाद छ ।माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै एमसीसी संशोधन बिना पास गर्न नहुने पक्षमा छन् । यस्तोमा माओवादी नेतासमेत रहेका अर्थमन्त्री शर्माले एमसीसीको समर्थनमा बोल्नुलाई महत्त्वपूर्ण मानिएको छ ।