काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा पीसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै आज २ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै आज देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ ।
आज कोरोना भाइरस संक्रमणबाट १४ जनाको मृतयु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया