काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको माैसम पूर्वानुमान गरकाे छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै तराईका केही भूभागमा हुस्सु र कुहिरो रहेको छ। आज देशभरको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
देशको तराई भूभागका केही स्थानमा हुसु र कुहिरो लागेको भए पनि अपरान्हपछि बिस्तारै हटेर जाने सम्भावना रहेको छ । यसबाट चिसो बढ्ने हुँदा चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज दिउँसो देशभरको मौसममा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
राती देशभरको मौसममा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै सोमबार दिउँसो देशभरको मौसममा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राती प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागका आंशिक बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।




प्रतिक्रिया